आँबुखैरेनीहेडलाईनव्याससमाचारगण्डकी

बालश्रमविरुद्ध तनहुँ प्रहरीको अभियान, सवारी चालकहरुलाई पनि सचेतना

प्रहार समाचार । तनहुँ, ४ असार २०८३ बिहीबार । विश्व बालश्रम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले बालश्रम न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा व्यास नगरपालिका–४ भोर्लेटार चोकमा ‘रेड कार्ड टु चाइल्ड लेवर : फेयर प्ले फर चिल्ड्रेन, डिसेन्ट वर्क फर एडल्ट्स’ भन्ने मूल नारासहित पर्चा वितरण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “बालश्रम विरुद्ध” लघु सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

प्रहरी सहायक निरीक्षक दीपा खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बालबालिकालाई श्रममा लगाउने प्रवृत्ति अन्त्य गर्न तथा बालअधिकार संरक्षणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको सन्देश प्रवाह गरेको थियो। यसैबीच, पछिल्लो समय बढ्दै गइरहेका सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा पोखरा–मुग्लिन सडक खण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

यसै क्रममा आज बिहान ४ बजेदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानअन्तर्गत सवारी चालकलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना, गति नियन्त्रण, लेन अनुशासन तथा सावधानी अपनाउन आग्रह गरिएको थियो। प्रहरीका अनुसार सचेतना कार्यक्रममार्फत १९१ वटा दुईपाङ्ग्रे सवारीसाधन, ९७ वटा चारपाङ्ग्रे साना सवारीसाधन तथा १३२ वटा ठूला सवारीसाधनका चालक तथा सहचालकलाई प्रत्यक्ष रूपमा सचेत गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकानाथ घिमिरेले जानकारी दिए । बालश्रमविरुद्धको अभियान र सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button