हेडलाईनव्याससमाचारगण्डकी

पृथ्वी राजमार्ग सेराटारको स्कुटर दुर्घटनामा घाइते व्यास -४ दमौलीका न्यौपानेको निधन

प्रहार समाचार । तनहुँ, ३ असार २०८३ बुधबार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको सेराटार क्षेत्रमा गत शुक्रबार साँझ भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका व्यास नगरपालिका–४ निवासी अरूण न्यौपानेको उपचारकै क्रममा निधन भएको छ।

पोखराबाट दमौलीस्थित घर फर्किने क्रममा भएको दुर्घटनामा उनी गम्भीर रूपमा घाइते भएका थिए। दुर्घटनालगत्तै न्यौपानेलाई उपचारका लागि पोखरा लगिएको थियो। टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा उपचार गरिए पनि स्वास्थ्य अवस्था सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा उपचाररत न्यौपानेको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको थियो। लामो समयसम्म जीवनका लागि संघर्ष गरिरहेका उनको मंगलबार राति उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।

न्यौपानेको असामयिक निधनले परिवार, आफन्त र स्थानीयवासीलाई स्तब्ध बनाएको छ। दुर्घटनापछि उपचारका सबै प्रयास गरिए पनि उनको ज्यान जोगाउन नसकिएको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन्। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button