हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको मनहरीमा एम्बुलेन्स–मिनी ट्रक ठोक्किँदा सात घाइते, एकको अवस्था गम्भीर

प्रहार समाचार । तनहुँ, २१ जेठ २०८३ बिहीबार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने सबै घाइतेको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ गइरहेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएका हुन् ।घाइते हुनेमा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ का २४ वर्षीय कुशल परियार, ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय युवान बुढा मगर, पूर्वी रुकुमको भुमे गाउँपालिका–७ की ३६ वर्षीया चिजामाया घर्ती र ६० वर्षीय धनप्रसाद बुढा मगर रहेका छन् ।

यस्तै मिनी ट्रक चालक म्याग्दे गाउँपालिका–२ का ३८ वर्षीय महेन्द्र रानाभाट पनि घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीका अनुसार घाइतेमध्ये अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button