हेडलाईनसमाचारबागमती

दिल्ली पुगे रास्वपा सभापति लामिछाने: प्रधानमन्त्री मोदीसहित उच्च भारतीय नेतृत्वसँग भेट्ने

प्रहार समाचार । काठमाडौं, १९ जेठ २०८३ सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली पुगेका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।भ्रमण तालिकाअनुसार उनले मंगलबार बिहान भाजपाको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष नितिन नवीनसँग भेटघाट गर्नेछन्। त्यसपछि भारत सरकारका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग विभिन्न चरणमा छलफल हुने कार्यक्रम रहेको जनाइएको छ।

लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा स्वकीय सचिव अविनाश आचार्य (प्रदीप) सहभागी छन्।लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। रास्वपाले भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा आपसी राजनीतिक संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button