हेडलाईनसमाचारगण्डकी

मुस्ताङमा फोटोग्राफर संघ गठन : गण्डकी प्रदेश समितिले पायो पूर्णता

प्रहार समाचार । मुस्ताङ, १९ जेठ २०८३ सोमबार । नेपाल फोटोग्राफर महासंघ गण्डकी प्रदेशको अगुवाइमा मुस्ताङमा फोटोग्राफर संघको तदर्थ समिति गठन गरिएको छ। हालै आयोजित भेलाले सुशील बाबु थकालीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति तथा दुई जना सल्लाहकारसहितको मुस्ताङ फोटोग्राफर संघ गठन गरेको हो।

नवगठित समितिले मुस्ताङ जिल्लामा फोटोग्राफी क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा फोटोग्राफरहरूबीच आपसी सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। मुस्ताङमा संघ गठन भएसँगै नेपाल फोटोग्राफर महासंघ गण्डकी प्रदेशको संगठनात्मक संरचनाले पूर्णता पाएको बताइएको छ।

यस अवसरमा महासंघ गण्डकी प्रदेशका पदाधिकारी तथा सदस्यहरूले नवगठित समितिका अध्यक्ष सुशील बाबु थकालीसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले मुस्ताङमा संघ गठन हुनु गण्डकी प्रदेशका फोटोग्राफरहरूको एकता र पेशागत विकासका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै नवगठित समितिले जिल्लाको फोटोग्राफी क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button