हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीको नयाँ नेतृत्व चयन : सभापतिमा खड्का र सचिवमा पोख्रेल निर्वाचित

प्रहार समाचार । तनहुँ, १७ जेठ २०८३ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिको आज सम्पन्न निर्वाचनबाट हरि खड्का सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको प्रतिस्पर्धामा खड्काले ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विजय जोशीले ५० मत र राजेश पाण्डेले ३९ मत प्राप्त गरेका थिए।

उपसभापति पदमा रुपा पौडेल निर्वाचित भएकी छन्। पौडेलले ८८ मत प्राप्त गरी विजय हासिल गर्दा राजकुमार भण्डारीले ७४ मत प्राप्त गरेका थिए। निर्वाचनमा नगरस्तरका पार्टी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।यस्तै, सचिव पदमा पवित्रा पोखेल ८९ मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी सरोज पौडेलले ७६ मत प्राप्त गरेका थिए।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै पार्टीलाई थप सशक्त र जनमुखी बनाउने अपेक्षा व्यक्त गरिएको छ।निर्वाचन समितिका अनुसार लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको हो। नवनिर्वाचित नेतृत्वले संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button