हेडलाईनसमाचारबागमती

राप्रपामा विभाजन, महामन्त्री धवलशमशेर राणाद्वारा पार्टी परित्यागको घोषणा

प्रहार समाचार । काठमाडौं, १७ जेठ २०८३ आइतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। आज सार्वजनिक आह्वान जारी गर्दै उनले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक यात्रा तय गर्ने निर्णय गरेको बताएका हुन्।

राणाले देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट समयको माग र जनभावनाअनुसार अघि बढ्न सुझाव तथा शुभेच्छा प्राप्त भएको उल्लेख गर्दै देशलाई माया गर्ने, समृद्ध नेपाल निर्माणको चाहना राख्ने राष्ट्रवादी शक्तिहरू तथा नवयुवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्। उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाले नयाँ विकल्पको आवश्यकता महसुस गराएको दाबी गरेका छन्। हेरौं राणाको आव्हान पत्र :

आफ्नो वक्तव्यमा राणाले विगत चार वर्ष राप्रपालाई जनभावनाअनुकूल ढंगले अघि बढाउने प्रयास गरिएको भए पनि पार्टीभित्रको विरोधाभास र सैद्धान्तिक द्विविधाका कारण गलत दिशातर्फ उन्मुख भएको आरोप लगाए। यस्ता कारणले राप्रपा जनताबाट दण्डित भएको उनको भनाइ छ। पार्टीले जनअपेक्षा अनुरूपको राजनीतिक भूमिका निर्वाह गर्न नसकेको निष्कर्षसमेत उनले प्रस्तुत गरेका छन्।राणाले राप्रपामा आबद्ध साथीहरूलाई आफूले रोजेको बाटोमा रहन शुभकामना व्यक्त गर्दै कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन्। तर, स्वच्छ मन, आत्मीय सम्बन्ध र साझा राष्ट्रवादी मान्यताका आधारमा सही लक्ष्यतर्फ अघि बढ्ने चाहना राख्ने सबै राष्ट्रवादी शक्तिलाई एकजुट हुन आग्रह गरेका छन्। उनको यो घोषणासँगै राप्रपाभित्र नयाँ राजनीतिक ध्रुवीकरणको बहस सुरु भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button