आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकीघिरिङऋषिङभिमादम्याग्दे

नेपाल अपाङ्ग संघ, खगेन्द्र नव जीवन केन्द्र तनहुँको अध्यक्षमा घिमिरे निर्वाचित

प्रहार समाचार । तनहुँ, १७ जेठ २०८३ आइतबार । नेपाल अपाङ्ग संघ, खगेन्द्र नव जीवन केन्द्र जिल्ला शाखा तनहुँको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। केन्द्रको अध्यक्षमा सन्तोष घिमिरे निर्वाचित भएका छन्। केन्द्रको विधान २०३५ (संशोधित २०६९) बमोजिम हिंजो सम्पन्न अधिवेशन तथा निर्वाचन प्रक्रियाबाट अध्यक्षसहित १६ सदस्यीय जिल्ला शाखा समिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सहभागिता सुनिश्चित गर्न राज्य तथा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको क्षमता विकास, आत्मनिर्भरता र सामाजिक समावेशीकरणमा विशेष जोड दिए। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा जोड्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

केन्द्रको उपाध्यक्षमा वालकुमारी रेग्मी, सचिवमा हरिराज अधिकारी, कोषाध्यक्षमा दामोदर रेग्मी तथा उपसचिवमा भक्तबहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन्। उम्मेदवारहरूको मनोनयन दर्तापछि कसैको दाबी–विरोध नपरेकाले सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

त्यसैगरी सदस्य पदमा विषयराज पौडेल, माधव गिरी, मोतिसरा विक, सञ्जिव श्रेष्ठ, सञ्जिवकुमार पटेनी, विष्णुप्रसाद गौतम, सुमन अधिकारी, चन्द्रकान्त पौडेल र दीपक भण्डारी निर्वाचित भएका निर्वाचन अधिकृत हुतमणि अधिकारी ले जनाए । खुला तथा आरक्षित अपाङ्गता समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै गठन गरिएको नयाँ समितिले अपाङ्गता भएका व्यक्तिहरूको हकहित, संरक्षण र सशक्तीकरणका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button