लुम्बिनीकोशीहेडलाईनमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसूचना प्रविधि

आजको मौसम : पश्चिम तराईमा तातो लहर, पहाडमा चट्याङसहित वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, १० जेठ २०८३ आइतबार । देशका विभिन्न भू–भागमा मौसमको मिश्रित प्रभाव देखिएको छ । पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण शनिबारदेखि मौसममा बदली र वर्षाको क्रम सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागले आज पनि देशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ भने तराईका केही भू–भागमा अत्यधिक गर्मी बढ्न सक्ने चेतावनी दिएको छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा दिउँसो सामान्यदेखि आंशिक बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । मधेस प्रदेशका केही तराई क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । यता पश्चिम नेपालका लुम्बिनी र सुदूरपश्चिम प्रदेश भने गर्मीको चपेटामा पर्ने संकेत देखिएको छ । पहाडी भू–भागमा तातो दिन र तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन विभागले आग्रह गरेको छ ।

गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगी बढी प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।त्यसैगरी मधेस र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ । मौसममा एक्कासि परिवर्तन हुन सक्ने भएकाले किसान, यात्रु तथा खुला क्षेत्रमा काम गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विभागले नियमित मौसम पूर्वानुमान हेरेर मात्र यात्रा र दैनिक कामको योजना बनाउन पनि अनुरोध गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button