प्रहार समाचार । काठमाडौँ, ७ जेठ २०८३ बिहीबार । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो पहाडी भूभागमा बादल लागिरहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम अझै खुला रहेको छ ।

आज केहि जिल्लामा भारी वर्षा भएपछि मौसममा फेरि उतारचढाव देखिन थालेको हो । महाशाखाले बिहीबार दिउँसो पनि पहाडी र हिमाली क्षेत्रमा मौसम बदली रहने जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका केही भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
यता, तराईका केही जिल्लामा भने गर्मीको प्रभाव अझै कायम रहने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागमा तातो दिनको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पछिल्ला दिनहरूमा तापक्रम बढ्दै जाँदा दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने दिउँसोको समयमा अत्यधिक गर्मी महसुस भइरहेको छ ।
महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली कायम रहनेछ । ती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । मौसममा भइरहेका निरन्तर परिवर्तनका कारण सतर्क रहन महाशाखाले आग्रह गरेको छ । विशेषगरी चट्याङ, वर्षा र तातो हावाको प्रभावबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिइएको छ ।
केही जिल्लामा भारी वर्षा भएपछि मौसममा फेरि उतारचढाव देखिन थालेको हो ।महाशाखाले बिहीबार दिउँसो पनि पहाडी र हिमाली क्षेत्रमा मौसम बदली रहने जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका केही भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।यता, तराईका केही जिल्लामा भने गर्मीको प्रभाव अझै कायम रहने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागमा तातो दिनको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पछिल्ला दिनहरूमा तापक्रम बढ्दै जाँदा दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने दिउँसोको समयमा अत्यधिक गर्मी महसुस भइरहेको छ ।महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली कायम रहनेछ । ती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । मौसममा भइरहेका निरन्तर परिवर्तनका कारण सतर्क रहन महाशाखाले आग्रह गरेको छ । विशेषगरी चट्याङ, वर्षा र तातो हावाको प्रभावबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिइएको छ ।
























