हेडलाईनसमाचारबागमती

न्यायालयमा नयाँ नेतृत्व, स्वागतसँगै वरिष्ठताक्रम विवादको छायाँ

प्रहार समाचार । काठमाडौँ, ५ जेठ २०८३ मंगलबार । सर्वोच्च अदालतमा नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै आज साँझ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ। अदालत परिसरमा न्यायाधीश, मुख्य रजिस्ट्रारसहित उच्चपदस्थ कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो। शर्मालाई गेटदेखि कार्यकक्षसम्म फूलमाला र खादाले स्वागत गरिएको थियो।

पदबहालीपछि उनले प्रारम्भिक रूपमा एउटा निर्णयमा हस्ताक्षर गरेका छन् । त्यसपछि सञ्चारकर्मीलाई सम्बोधन गर्ने क्रममा वरिपरि वरिष्ठ न्यायाधीशहरूको उपस्थिति देखिएको थियो। कार्यक्रममा न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, कुमार रेग्मी र हरि फुयाल लगायत सहभागी थिए भने केही जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरू पनि सर्वोच्च पुगेका थिए। तर स्वागत समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अनुपस्थिति भने चर्चाको विषय बनेको छ।

वरिष्ठताक्रम मिचिएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएकी थिइन्। यस्तै, न्यायालयभित्रको आन्तरिक असहमतिको संकेतस्वरूप उनको अनुपस्थिति देखिएको बताइन्छ। उता नेपाल बार एसोसिएसनका पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी भएनन्। बारले रोलक्रम र परामर्श प्रक्रिया उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएको छ। यसअघि नै बारले विभिन्न विवादित विषयमा अदालतभित्रै प्रतीकात्मक विरोधस्वरूप लालटिन बालेर न्याय र विवेकको खोजी गरेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button