हेडलाईनसमाचारबागमती

सर्वोच्चले पायो नयाँ प्रधान न्यायधिस : शर्माको काँधमा सर्वोच्च अदालतको बागडोर

प्रहार समाचार । काठमाडौँ, ५ जेठ २०८३ मंगलबार । देशको न्यायालयले नयाँ नेतृत्व पाएको छ । मनोजकुमार शर्माले आज राष्ट्रपतिबाट शपथ लिएसँगै सर्वोच्च अदालतको बागडोर सम्हालेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहबीच शर्मालाई प्रधान न्यायाधीश पदको शपथ गराएका थिए ।

शपथसँगै सर्वोच्च अदालतले औपचारिक रूपमा नयाँ नेतृत्व पाएको छ । यसअघि आज नै संसदीय सुनुवाइ समितिले शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । संसदीय प्रक्रियाबाट पार पाएपछि उनी संवैधानिक रूपमा प्रधान न्यायाधीश बन्ने बाटो खुलेको हो । न्याय क्षेत्रमा लामो अनुभव बोकेका शर्माबाट अदालत सुधार, मुद्दा फर्छ्योट र न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

शपथपछि शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नयाँ नेतृत्वसँगै न्यायालयभित्र देखिएका चुनौती समाधान, जनविश्वास बलियो बनाउने र अदालतको कार्यसम्पादन चुस्त बनाउने विषय अब उनको काँधमा आएको छ । कानुनी वृत्तमा भने शर्माको कार्यकाललाई न्यायालय सुधारको परीक्षणकालका रूपमा हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button