प्रहार समाचार । तनहुँ, ५ जेठ २०८३ मंगलबार । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चिज कुमार विष्णु कुमारी क्याम्पसको १७औँ वार्षिकोत्सव तथा ५औँ अधिवेशनबाट सरिता पिया सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी छिन् ।

हिंजो सम्पन्न अधिवेशनले उपाध्यक्षमा कुलेन्द्र गौतम चयन भएका छन्। कार्यसमितिमा गोविन्द प्रसाद अधिकारी, दिलमाया थापा, जीवन कायस्थ, धनबहादुर आले, जलालदिन मियाँ, विष्णुमाया डल्लाकोटी र विजया अधिकारी सदस्यका रूपमा चयन भएका छन्। क्याम्पसले समुदायको विश्वास र सहभागितालाई संस्थागत गर्दै सर्वसम्मत नेतृत्व चयन गरिएको जनाएको छ।कार्यसमितिमा स्थानीय तह र विद्यालय व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्ध रहेका प्रतिनिधिहरूलाई समेत समेटिएको छ।

पदेन सदस्यका रूपमा वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, पवित्रा माध्यमिक विद्यालयका पीटीए अध्यक्ष दीपक देवकोटा, प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने, क्याम्पस प्रमुख माधव पण्डित सदस्य सचिव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर राना रहेका छन्। अधिवेशनले आगामी दिनमा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राविधिक तथा व्यवहारिक शिक्षाको विस्तार र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। ग्रामीण क्षेत्रमा उच्च शिक्षालाई पहुँचयोग्य र गुणस्तरीय बनाउने लक्ष्यसहित नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेको क्याम्पसले जनाएको छ।
























