• चेतना नहर्की (प्रहार समाचार ) काठमाडौं, १४ बैशाख २०८३ सोमबार । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफ्नो ३७औँ जन्मदिनको अवसरमा सार्वजनिक जीवनका विभिन्न क्षेत्रबाट शुभकामना प्राप्त गरिरहेका छन्। हाल देशको कार्यकारी नेतृत्व सम्हालिरहेका शाहले नयाँ उमेरसँगै थप जिम्मेवारी र अपेक्षाको घेरामा प्रवेश गरेका छन्।

जन्मदिनको अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत भावनात्मक शुभकामना व्यक्त गरेकी छन्। उनले छोटो सन्देशमा “सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना” लेख्दै आफ्नो शुभेच्छा प्रकट गरेकी हुन्।
प्रधानमन्त्री शाहप्रति शुभेच्छुक, समर्थक तथा सर्वसाधारणबाट पनि सामाजिक सञ्जालमा शुभकामनाको लहर देखिएको छ। नेतृत्वमा रहँदा व्यक्तिगत क्षणहरू समेत सार्वजनिक चासोको विषय बन्ने क्रममा उनको जन्मदिन पनि चर्चा र प्रतिक्रियाको केन्द्र बनेको छ।

























