प्रहार समाचार । तनहुँ, ३ बैशाख २०८३ बिहीबार । तनहुँको दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” आज विशेष सांगीतिक कार्यक्रमसहित थप रोमाञ्चक बन्ने भएको छ। आयोजकका अनुसार आजको मुख्य आकर्षणका रूपमा लोक तथा दोहोरी गायक रामजी पौडेलको प्रस्तुति रहनेछ, जसले महोत्सवमा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

त्यसैगरी गायिका पूजा सिजाली मगर र गायक बल बहादुर घर्ती मगरले पनि आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै माहोललाई अझ उत्साहपूर्ण बनाउने कार्यक्रम रहेको टाइगर ल्याण्ड युवा क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए। नृत्यतर्फ रचना, रेनु र सावित्रीको आकर्षक प्रस्तुति रहनेछ भने कार्यक्रम सञ्चालन सर्जन थापा मगरले गर्नेछन्।
चैत्र २७ गतेदेखि सञ्चालनमा आएको महोत्सव वैशाख ७ गतेसम्म जारी रहनेछ। व्यास नगरपालिका–४ बाघभञ्ज्याङस्थित महोत्सव स्थलमा दैनिक सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन्। आयोजकका अनुसार महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ र आगामी दिनहरूमा अझै विविध र आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
र



























