व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकाको ३४औं स्थापना दिवस आज

प्रहार समाचार । तनहुँ, ३० चैत २०८२ सोमबार । तनहुँको व्यास नगरपालिकाले आफ्नो ३४ औं स्थापना दिवस आज विविध कार्यक्रमसहित मनाउने भएको छ। स्थापना दिवसलाई औपचारिकता मात्रै होइन, स्थानीय विकास, शिक्षा र सामाजिक योगदानको कदर गर्ने अवसरका रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ दमौलीस्थित सभागृह हलमा विशेष समारोह आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य शुरेस आले मगरद्वारा गरिने तय भएको छ भने यस अवसरमा उत्कृष्ट कर्मचारी, शिक्षक तथा एक जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। नगरपालिकाका अनुसार यस्ता सम्मान कार्यक्रमले शिक्षा र सेवामुखी क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई प्रोत्साहन गर्नुका साथै अन्यलाई पनि सकारात्मक प्रेरणा दिने विश्वास लिइएको छ।


यसैबीच, स्थापना दिवसलाई प्रभावकारी र सहभागितामूलक बनाउन नगरपालिकाले आज अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्दै सार्वजनिक बिदा दिएको छ। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा जारी सूचनामा दिवसलाई उपलब्धिमूलक र प्रेरणादायी बनाउने लक्ष्यसहित विविध कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button