हेडलाईनसमाचारप्रदेश

कानुनमन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक

प्रहार समाचार । ३० गते चैत्र काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। सार्वजनिक विवरण अनुसार मन्त्री गौतमको नाममा बैंकमा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको छ।


उनको नाममा १५ तोला सुन, १० तोला चाँदी तथा एक सेट हिरा रहेको उल्लेख गरिएको छ, जसलाई पैतृक तथा विवाहका क्रममा प्राप्त भएको बताइएको छ। यस्तै, काठमाडौँ र भरतपुरमा घर भए पनि ती घर श्रीमान र सासुको नाममा दर्ता रहेका छन्।
व्यवसायिक लगानीतर्फ मन्त्री गौतमको ‘ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्स’ कम्पनीमा ५० प्रतिशत शेयर रहेको छ भने ‘सोपान मल्टिपल कम्पनी’मा ६ हजार ५०० कित्ता शेयर रहेको विवरणमा उल्लेख छ।


सवारी साधनतर्फ उनका श्रीमानको नाममा ९५ लाख रुपैयाँमा खरिद गरिएको एक गाडी रहेको छ भने मन्त्री गौतमकै नाममा २ लाख ७५ हजार रुपैयाँ बराबरको स्कुटर रहेको विवरणमा जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button