हेडलाईनव्याससमाचारगण्डकीविजनेस

सीप सिकेर आत्मनिर्भरतातर्फ: चापाघाटमा ब्राइडल चुरा र केश श्रृङ्गार तालिम सम्पन्न

प्रहार समाचार । तनहुँ, २९ चैत २०८२ आईतबार । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५, चापाघाटमा महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको “ब्राइडल चुरा तथा केश श्रृङ्गार सामग्री” सम्बन्धी तालिम सम्पन्न भएको छ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय चापाघाटको आयोजनामा दुई दिनसम्म चलेको उक्त तालिममा संस्थामा आबद्ध २६ जना ग्राहक सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिममार्फत सहभागी महिलाहरूले विवाहका अवसरमा प्रयोग हुने चुरा सजावटदेखि केश श्रृङ्गारसम्मका व्यावहारिक सीप हासिल गरेका छन्। सहभागीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्दै स्वरोजगारको बाटो रोज्न सकिने विश्वास व्यक्त गरेका छन्। “घरमै बसेर पनि व्यवसाय सुरु गर्न सकिने रहेछ,” एक सहभागीले प्रतिक्रिया दिँदै भनिन्, “यस्ता तालिमले आत्मनिर्भर बन्ने आत्मविश्वास बढाएको छ।”


कार्यक्रमको समापन गर्दै केन्द्र नं. ०९० की केन्द्र प्रमुख तथा सभापति मालती सुनारले तालिमबाट सिकेका सीपलाई निरन्तर अभ्यासमा ल्याई उद्यमशील बन्न आग्रह गरिन्। उनले संस्थाबाट लिइएको ऋणको सदुपयोग गर्दै नियमित किस्ता भुक्तानी गर्न र साना व्यवसायमार्फत पारिवारिक आर्थिक अवस्था सुदृढ बनाउन जोड दिइन्। यस्ता सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणसँगै बालबालिकाको शिक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।कार्यक्रमको सञ्चालन शाखा प्रमुख रिता कुवँरले गरेकी थिइन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button