आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादस्वास्थ्य

आईतबार पनि ओपिडी खुल्ने, प्रदेश अस्पताल दमौलीका सबै कर्मचारी ड्युटीमा अनिवार्य

प्रहार समाचार । तनहुँ, २९ चैत २०८२ आईतबार । द प्रदेश अस्पताल दमौलीले अब आइतबार पनि नियमित रूपमा ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकारको निर्णयअनुसार शनिबार–आइतबार सार्वजनिक बिदा लागू भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पतालले आइतबार सेवा नरोकिने स्पष्ट पारेको हो ।

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार आइतबार सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी अनिवार्य रूपमा उपस्थित भई पूर्ववत् जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले आइतबार पनि सेवा सञ्चालन हुँदा बिरामीको चाप व्यवस्थापनमा सहजता आउने र स्वास्थ्य सेवा थप प्रभावकारी हुने बताए। अस्पतालका अध्यक्ष वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले नागरिकलाई निरन्तर सेवा दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button