प्रहार समाचार । काठमाडौं, २९ चैत २०८२ आईतबार । अब नापी विभाग अन्तर्गत सञ्चालनमा रहेको “मेरो कित्ता” प्रणालीमार्फत सर्वसाधारणले आफ्नो जग्गाको आधिकारिक नक्सा घरमै बसेरै डाउनलोड गर्न सक्ने भएका छन्। यसअघि नक्सा लिन नापी कार्यालय धाउनुपर्ने झन्झट हटाउँदै अनलाइन प्रणालीमार्फत व्यू आर (QR) कोडसहितको प्रमाणिक नक्सा सहजै प्राप्त गर्ने व्यवस्था गरिएको हो।

विभागले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, सरल र सुरक्षित बनाउने उद्देश्यले यो सुविधा विस्तार गरेको जनाएको छ। अब सेवाग्राहीले अनावश्यक भीडभाड, समय खर्च र झन्झटबाट मुक्ति पाउनेछन् भने सरकारी सेवामा पारदर्शिता र पहुँच पनि थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी ग्रामीण तथा टाढाका नागरिकका लागि यो सेवा निकै उपयोगी हुने विश्वास गरिएको छ।
सेवाग्राहीले https://merokitta.dos.gov.np/application/main� लिंकमार्फत आफ्नो विवरण प्रविष्ट गरी आवश्यक प्रक्रिया पूरा गरेपछि आधिकारिक नक्सा डाउनलोड गर्न सक्नेछन्। यस कदमले सरकारी सेवाको डिजिटल रूपान्तरणलाई थप बलियो बनाउँदै ‘पेपरलेस’ प्रशासनतर्फ महत्वपूर्ण पाइला चालेको रूपमा हेरिएको छ।



























