हेडलाईनव्याससमाचारगण्डकी

पहिचान हुन नसकेका १४ शव तनहुँको जंगलमा व्यवस्थापन गरिँदै

प्रहार समाचार । तनहुँ, १५ भदौ २०८३ सोमबार । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका तनहुँका विभिन्न स्थानबाट निकालिएका तथा पहिचान हुन नसकेका १४ शवलाई व्यास नगरपालिका–५, चैनपुरस्थित जंगल क्षेत्रमा व्यवस्थापन गर्न लागिएको छ।

दमौलीस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएका ती शव लामो समयसम्म पहिचान हुन नसकेपछि सम्बन्धित निकायको समन्वयमा जंगल क्षेत्रमा लगिएको हो। शव पहिचान तथा आफन्तको जिम्मा लगाउने प्रक्रिया तत्काल सम्भव नभएपछि शवलाई सुरक्षित र व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो। स्वास्थ्य तथा सुरक्षा निकायको समन्वयमा चैनपुरको जंगल क्षेत्रमा खाल्टो खनेर शव व्यवस्थापनको तयारी अघि बढाइएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेका अनुसार शव व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको छ।

उनका अनुसार पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्न सकिने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायको समन्वयमा व्यवस्थापनको काम अघि बढाइनेछ।बाढीपछि तनहुँका नदी तथा खोलाका किनारबाट एकपछि अर्को शव फेला परे पनि सबैको पहिचान हुन नसक्दा शव व्यवस्थापन चुनौती बनेको छ। विपद्मा ज्यान गुमाएकाको पहिचान, अभिलेखीकरण र आफन्तलाई जानकारी गराउने प्रक्रिया संवेदनशील भएकाले शव व्यवस्थापनसँगै पहिचानको प्रयासलाई समेत निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button