व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको व्यास–१ भादगाउँस्थित सिरानटोल विकास संस्था र सिरानटोल आमा समूहले तीजको दरका लागि छुट्याइएको रकम बाढीपीडितलाई प्रदान

दमौली । तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित सिरानटोल विकास संस्था र सिरानटोल आमा समूहले बाढीपहिरो पीडितलाई सहयोग गरेका छन्। दुवै संस्थाले दर खाने कार्यक्रमका लागि छुट्याएको २० हजार १० रुपैयाँ बाढीपीडितका लागि प्रदान गरेका हुन्।

दर खाने कार्यक्रमभन्दा विपद्मा परेका नागरिकको पीडा ठूलो भएको भन्दै कार्यक्रमका लागि छुट्याइएको रकम पीडितलाई उपलब्ध गराइएको टोल अध्यक्ष शुरेस दरैले बताए। विपद्का बेला सामाजिक तथा सामुदायिक संस्थाले आफ्नो उत्सव र मनोरञ्जनभन्दा पीडितको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।आमा समूहकी अध्यक्ष कोपिला थापाले तीजको दर कार्यक्रमलाई निरन्तरता दिनुभन्दा विपद्मा परेका परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले रकम पीडितका लागि छुट्याइएको बताइन्। सानो रकम भए पनि दुःखमा परेका परिवारलाई राहत पुग्ने विश्वाससहित सहयोग गरिएको उनले बताइन्।

सिरानटोल विकास संस्था र आमा समूहको यो निर्णयले चाडपर्वका नाममा हुने खर्चलाई विपद् राहततर्फ मोडेर सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिने सन्देश दिएको छ। दर खाने रकम पीडितको घाउमा मल्हम बन्नुपर्छ भन्ने मान्यताका साथ रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button