हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा लियो क्लबको नयाँ नेतृत्व चयन, म बिडारी अध्यक्षमा सर्वसम्मत

प्रहार समाचार । तनहुँ, २८ चैत २०८२ शनिबार । लियो क्लब अफ तनहुँले लायन वर्ष २०२६–०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ। क्लबको हालै सम्पन्न वार्षिक साधारण सभा (AGM) बाट लियो मुकेश बिडारी अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।


नव-निर्वाचित अध्यक्ष बिडारीले जिम्मेवारीप्रति आभार व्यक्त गर्दै क्लबको गरिमा उचाल्ने, सामाजिक सेवामा सक्रियता बढाउने र युवामा नेतृत्व विकास गर्ने प्रतिवद्धता जनाएका छन्। उनले सदस्य, अग्रज र शुभेच्छुकहरूको सहकार्यबाट आफ्नो कार्यकाल सफल बनाउने विश्वास व्यक्त गरे।


क्लबको प्रथम उपाध्यक्षमा लियो राम श्रेष्ठ, दोस्रो उपाध्यक्षमा लियो बिमल अधिकारी र तेस्रो उपाध्यक्षमा लियो विशाल रुचाल निर्वाचित भएका छन्। सचिवमा लियो सलमा खातुन मनोनित हुँदा कोषाध्यक्षमा लियो दिवस श्रेष्ठ चयन भएका छन्। नवगठित कार्यसमितिले सेवा, नेतृत्व, अनुशासन र एकताको आधारमा विभिन्न सामाजिक तथा जनहितमुखी कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जनाएको छ। साथै क्लबलाई अझ सशक्त, प्रभावकारी र उदाहरणीय संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button