लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीविचारसुदुर पश्चिमगण्डकीबागमती

आन्दोलन दोहोरिन नदिने सभामुख डोलप्रसाद अर्यालको अठोट

प्रहार समाचार । २२ गते चैत्र २०८ २०८२ आइतबार । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले जेन–जी पुस्ताले फेरि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्ने गरी कानुन, नीति र नियम निर्माणमा जोड दिने बताएका छन्।सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि बोल्दै उनले विगतको जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै त्यसैको पृष्ठभूमिमा आफूहरू नेतृत्वमा आएको उल्लेख गरे।

उनले अब त्यस्ता घटना दोहोरिन नदिन सरकार र संसद् गम्भीर रूपमा अघि बढ्ने बताए।आन्दोलनबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणमा ढिलाइ नगर्ने बताउँदै उनले आवश्यक परे नयाँ कानुन ल्याएर पनि ती कामलाई तीव्रता दिने स्पष्ट पारे।सभामुख अर्यालले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष र उत्तरदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। साथै, सबै दल र सांसदसँग सहकार्य गर्दै संसद्लाई जनमुखी र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने उनको भनाइ छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button