हेडलाईनसमाचारप्रदेश

शनिबार–आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९–५

प्रहार समाचार । काठमाडौँ, २२ चैत २०८२ आईतबार । सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थाका कारण यस्तो निर्णय गरिएको हो। शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरू भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।


त्यसैगरी मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय पनि गरेको छ। इरान र अमेरिका–इजरायल युद्धको प्रभावले नेपालमा इन्धन संकट देखिन थालेको र पेट्रोलियम पदार्थको मूल्यसमेत बढ्दै जाँदा पेट्रोलको भाउ प्रतिलिटर २ सय २ रुपैयाँ पुगेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button