प्रहार समाचार । २२ गते चैत्र आइतबार । सम्माननीय प्रधानमन्त्री बालेन शाह ले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

स्रोतका अनुसार बैठकमा सरकारका समसामयिक निर्णयहरू, प्रशासनिक सुधार, विकास निर्माणका योजनाहरू तथा वर्तमान राजनीतिक अवस्थाबारे गहन छलफल हुने जनाइएको छ।यसैबीच, बैठकमा केही महत्वपूर्ण नीतिगत निर्णयहरू समेत सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।
मन्त्रीहरू क्रमशः बैठकमा सहभागी भइरहेका छन् भने सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।सरकारको आगामी रणनीति र कार्यदिशा तय गर्ने हिसाबले यस बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।



























