लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसबै प्रदेश

सभामुखमा अर्याल निर्विरोध, प्रतिनिधिसभाबाट औपचारिक घोषणा

प्रहार समाचार । २२ गते चैत्र आइतबार । आजको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदका लागि एकमात्र प्रस्ताव परेको हुँदा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्। बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

जसलाई अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा भौतिक पूर्वाधार, यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए।सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित गरिएको ज्येष्ठ सदस्य केसीले जानकारी दिए।अर्याल काठमाडौं–९ बाट २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका हुन्।

सभामुख पदका लागि गत शुक्रबार मनोनयन दर्ता गर्दा पनि उनको मात्रै उम्मेदवारी परेको थियो, जसअनुसार आइतबार प्रतिनिधिसभाबाट औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button