लुम्बिनीकोशीहेडलाईनमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

केपी शर्मा ओलीको अदालतमा बयान: “म निर्दोष छु, घटनाको निष्पक्ष छानबिन होस्”

प्रहार समाचार । २२ चैत्र २०८२ आइतबार । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको हैसियतले सिधै गोली चलाउने आदेश दिने अवस्था नहुने स्पष्ट पार्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। ओलीले आपतकालीन परिस्थितिमा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले परिस्थितिलाई झन् जटिल बनाएको बताएका छन्।

भीडमा मानिसको मृत्यु भएको खबरले आफू अचम्मित भएको उल्लेख गर्दै उनले घटनाको कारणबारे गम्भीर छानबिन हुनुपर्ने धारणा राखेका छन्।उनले शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा निषेधाज्ञा किन उल्लंघन भयो र कसरी द्वन्द्व सिर्जना भयो भन्ने विषयमा अनुसन्धान आवश्यक रहेको बताए।

साथै, घटनामा संलग्न जोकोही माथि राज्य सम्पत्ति जलाउनेदेखि भीडलाई उत्तेजित पार्नेसम्मका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष कारबाही हुनुपर्नेमा जोड दिएका छन्। ओलीले राष्ट्रको हितमा काम गर्दा पनि विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाबाट सत्य तथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button