हेडलाईनव्याससमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिका

महिला उद्यमी संघ नेपाल तनहुँको पाँचौँ साधारण सभा सम्पन्न

प्रहार समाचार । तनहुँ, २० चैत २०८२ शुक्रबार । महिला उद्यमी संघ नेपाल तनहुँले पाँचौँ साधारण सभा सम्पन्न गरेको छ। संघले आज शुक्रबार दमौलीमा आयोजना गरेको साधारण सभामा महिला उद्यमशीलताको विकास र सशक्तीकरणमा जोड दिइएको छ।

कार्यक्रममा बोल्दै उद्यमी महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष पार्वती रेग्मी पौडेलले विगतका वर्षहरूमा विभिन्न चुनौतीका बाबजुद पनि व्यवसाय, उद्योग, कृषि तथा सेवा क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको उल्लेख गरिन्। उनले सीप विकास तालिम, उद्यम प्रवर्द्धन, बजार व्यवस्थापन र नेटवर्किङका क्षेत्रमा तनहुँ शाखाले प्रभावकारी काम गरेको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी कार्यक्रममा महिला उद्यमी संघ तनहुँका कानुनी सल्लाहकार सरिता भण्डारी, शुक्लागण्डकी बजार इकाई सभापति सपना पराजुली, अन्जु दाहाललगायतले साझा प्रयासबाट संघलाई महिला उद्यमशीलताको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रममा संघले सदस्यता विस्तारसँगै सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै महिला उद्यमीहरूको सीप प्रदर्शनसमेत गरिएको थियो।

संघका प्रथम उपाध्यक्ष तुलसी शाहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव सरु श्रेष्ठले गरेकी थिइन् भने संघकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button