हेडलाईनसमाचारविजनेससबै प्रदेश

पेट्रोल, डिजेल र मट्टितेलको भाउ ह्वात्तै बढ्यो : जनता मारमा

प्रहार समाचार । काठमाडौँ, १९ चैत २०८२ बिहीबार । नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक प्रतिलिटर १५ रुपैयाँले बढाएपछि सर्वसाधारण मारमा परेका छन् । चैत २० गते मध्यरातदेखि लागू हुनेगरी निगमले मूल्य समायोजन गरेको हो ।

नयाँ दरअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ रहेको थियो । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ कायम भएको छ ।


पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ कायम भएको छ ।


मूल्यवृद्धिसँगै ढुवानीदेखि दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने भन्दै सर्वसाधारण चिन्तित बनेका छन् । निगमले भने मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने जनाएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button