लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

जेनजी आन्दोलन प्रकरण : पूर्व सीडीओ छवि रिजाल पक्राउ

प्रहार समाचार । काठमाडौं, १७ चैत २०८२ मंगलबार । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई जेनजी आन्दोलन प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको छ। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आयोगको सिफारिसका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा रिजाल प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। सो आन्दोलनका विषयमा गठित जाँचबुझ आयोगले घटनाको जिम्मेवारी र भूमिका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न सिफारिस गरेपछि उनीमाथि छानबिन सुरु गरिएको हो। प्रहरीका अनुसार पक्राउपछि उनलाई प्रारम्भिक बयानका लागि राखिएको छ भने आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

यसअघि यही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्। पछिल्लो घटनाक्रमसँगै उक्त आन्दोलनसम्बन्धी अनुसन्धान अझ तीव्र बन्दै गएको देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button