हेडलाईनसमाचारगण्डकी

लमजुङमा श्रीमतीमाथि बन्चरो प्रहार : बालक र वृद्ध पनि घाइते

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, १२ चैत २०८१ बिहीबार । लमजुङको दोर्दी गाउँपालिका–५ साँधीखोलामा घरायसी विवाद चर्किँदा एक पुरुषले आफ्नै श्रीमतीमाथि बन्चरो प्रहार गरेका छन् भने बचाउन गएका बालक र वृद्धसमेत गम्भीर घाइते भएका छन् ।

४५ वर्षीय बकन गुरुङले आज विहान ४५ वर्षीया श्रीमती चिजमाया गुरुङमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट चिजमायाको पेट र बायाँ हातमा गम्भीर चोट लागेको छ भने उनलाई बचाउन पुगेका १० वर्षीय अनमोल गुरुङ र पछि पुगेका ७२ वर्षीय गर्वलाल गुरुङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । तीनै जनाको अवस्था गम्भीर रहेको छ । चिजमायाको बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ भने अन्य दुई जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।


घटनापछि प्रहरी चौकी श्रीमञ्जाङबाट खटिएको टोलीले अभियुक्त गुरुङलाई बन्चरोसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रीमतीमाथि प्रहार गर्दा रोक्न गएका अन्य दुई जनामाथि पनि आक्रमण गरिएको खुलेको छ । प्रहरीले जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button