हेडलाईनसमाचारसबै प्रदेश

आजको मौसम : चट्याङसहित वर्षाको चेतावनी, पहाड–हिमालमा सतर्कता अपनाउन आग्रह

प्रहार समाचार । काठमाडौँ, १२ चैत २०२ बिहीबार । आज देशभर मौसम आंशिक बदलीसँगै चट्याङ र वर्षाको जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण विशेषगरी पहाडी र हिमाली क्षेत्रमा मौसम अस्थिर बनेको हो।


बिहीबार दिउँसो देशका पहाड र हिमाल क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। उच्च हिमाली भेगमा भने हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। तराईका अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ।


रातिको समयमा पनि मौसमको अवस्था धेरै परिवर्तन नहुने जनाइएको छ। पहाडी र हिमाली भू–भागमा बदली कायम रहने र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पुनः चट्याङसहित वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। तराई क्षेत्रमा भने आंशिक बदली मात्र रहनेछ।


मौसम पूर्वानुमान महाशाखाले चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा कृषिमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी खुला स्थानमा नबस्न, उचाइमा काम गर्दा सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा सतर्क रहन सुझाव दिइएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button