आँबुखैरेनीहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटगण्डकी

५ वर्षमा तनहुँको रूपान्तरण गर्ने ५५ प्रतिबद्धता सार्वजनिक गर्दै कांग्रेसका उम्मेदवार भट्टराई

प्रहार समाचार । तनहुँ,१० फागुन २०८२ आइतबार । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गोबिन्द भट्टराईले जिल्लाको दीर्घकालीन रूपान्तरणका लागि ५ वर्ष, ५ पालिका र ५५ काम समेटिएको विस्तृत घोषणापत्र सार्वजनिक गरेका छन् ।

“बदलियो कांग्रेस, बदल्छौं तनहुँ’ नारासहित सार्वजनिक गरिएको घोषणापत्रलाई भट्टराईले चुनावी आश्वासनभन्दा पनि कार्यान्वयनयोग्य विकासको स्पष्ट रोडम्याप भएको दाबी गरेका छन् । सुशासन, रोजगारी, स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग, कृषि, ऊर्जा र स्थिर सरकार उनका मुख्य प्राथमिकता रहेको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रका मुख्य एजेन्डा (बुँदागत रूपमा) यस प्रकार रहेका छन्।
■ सुशासन र सेवा प्रवाह
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
गुनासो सुन्ने हेल्प डेस्क
डिजिटल तनहुँ : घरमै बसेर सरकारी सेवा
पारदर्शी र जवाफदेही प्रशासन
■ स्वास्थ्य र सामाजिक सुरक्षा
दमौली अस्पताललाई विशिष्टीकृत अत्याधुनिक अस्पताल
पृथ्वी राजमार्ग तनहुँ खण्डमा ट्रमा सेन्टर
सबै नागरिकलाई स्वास्थ्य बीमा
‘डक्टर एट होम’ कार्यक्रम र निःशुल्क एम्बुलेन्स
ज्येष्ठ नागरिकका लागि ह्याप्पी पार्क
■ शिक्षा, ज्ञान र संस्कृति
विद्यालयलाई स्मार्ट बनाउने योजना
पाँचै पालिकामा सार्वजनिक पुस्तकालय
भानु–व्यास संस्कृत विश्वविद्यालय स्थापनाको पहल
भानुमा साहित्य साधना केन्द्र
दमौलीमा महर्षि वेदव्यासको प्रतिमा स्थापना
■ युवा, रोजगारी र उद्यम
पाँच वर्षमा ५ हजार ५ सय ५५ रोजगारी सिर्जना
वृहत् सीपमूलक तालिम केन्द्र
युवा उद्यम विकास परामर्श केन्द्र
युवासँगै हिँड्ने अभियान, दुर्व्यसन नियन्त्रण कार्यक्रम
■ महिला सशक्तीकरण
महिलाको नेतृत्व विकास र आर्थिक सबलीकरण
आयआर्जन, रोजगारी र स्रोतमा पहुँच विस्तार
नीति तथा निर्णय तहमा अर्थपूर्ण सहभागिता

■ कृषि र ग्रामीण अर्थतन्त्र
वैज्ञानिक कृषि कार्यक्रम
उन्नत बिउ, मल र सिँचाइ पूर्वाधार
कृषि उत्पादनको सुनिश्चित बजार
किसानका लागि सब्सिडी र पेन्सन पहल
■ उद्योग, लगानी र उत्पादन
तनहुँलाई ‘प्रोडक्सन हाउस’ बनाउने योजना
औद्योगिक क्षेत्र र औद्योगिक करिडोर विकास
निजी क्षेत्रमैत्री कानुन र सुरक्षित लगानी वातावरण
■ ऊर्जा र जलस्रोत
तनहुँलाई हाइड्रोपावर सेन्टर बनाउने लक्ष्य
तल्लो सेती जलविद्युत् आयोजना समयमै सम्पन्न गर्ने पहल
स्थानीयलाई सेयर, हरित ऊर्जा प्रवर्द्धन
■ पर्यटन र धार्मिक क्षेत्र
बन्दीपुर, मानहुँकोट, देवघाट, छिम्केश्वरी प्रवर्द्धन
मादी जलाशय निर्माणको पहल
ट्रान्जिट टुरिस्ट प्याकेज विकास
■ सडक, पुल र पूर्वाधार
शालिग्राम, मर्स्याङ्दी, त्रिशूली करिडोर विस्तार
दर्जनौँ सडक स्तरोन्नति
घुमाउनेघाट, गाइघाट, छाब्दी दोभानलगायत स्थानमा पुल निर्माण

■ वातावरण र सहरी विकास
हरियाली सहर अभियान
फोहोरबाट ऊर्जा र रिसाइकल
स्मार्ट पार्किङ व्यवस्था
सेफ सडक, सफा सडक कार्यक्रम
■ वैदेशिक रोजगार र डायस्पोरा
डायल–ए–कल सेवा
विदेशमा कमाइ, तनहुँमा लगानी कार्यक्रम
आप्रवासी परिवारलाई आर्थिक क्रियाकलापमा जोड्ने पहल
■ राजनीतिक सुधार
संसदमा तनहुँको बुलन्द आवाज
निर्वाचन प्रणाली सुधार
स्थिर सरकारका लागि संविधान संशोधनको पहल
घोषणापत्र सार्वजनिक गर्दै भट्टराईले आफू संसददेखि धाराको टुटीसम्म जिम्मेवार सांसद बन्ने प्रतिबद्धता जनाएका छन् । “तनहुँ मेरो घर हो, यहाँका प्रत्येक घर मेरा छिमेकी हुन्,” उनले भने, “हिजो पनि यहीँका लागि काम गरेँ, भोलि पनि यहीँका लागि काम गर्छु ।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button