व्यासहेडलाईनसमाचारगण्डकी

अभियान्ता पन्थको उदाहरणीय कार्य

प्रहार समाचार । तनहुँ, ८ फागुन २०८२ शुक्रबार । आर्थिक अभावकै कारण झोला बिना विद्यालय जान बाध्य बालबालिकाको पीडालाई महसुस गर्दै अभियन्ता अविनाश पन्थले चण्डीका आधारभूत विद्यालयका १५ जना विपन्न विद्यार्थीलाई विद्यालय झोला वितरण गरेका छन्। सानो देखिने तर अर्थपूर्ण यो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको उत्साह र आत्मविश्वास बढाएको छ।


शैक्षिक सामग्रीको कमीले पठन–पाठनमै असर परिरहेको अवस्थालाई ध्यानमा राख्दै गरिएको उक्त सहयोग कार्यक्रमले शिक्षा पहुँचको सवाललाई पुनः उजागर गरेको छ। झोला पाएपछि विद्यार्थीहरू अब सहज रूपमा कक्षा जान सक्ने भएका छन्, जसले विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


कार्यक्रमका क्रममा “सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ” भन्ने सन्देश दिँदै अभियन्ता पन्थले आगामी दिनमा पनि यस्ता मानवीय तथा शैक्षिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय समुदायले यो पहललाई उदाहरणीय भन्दै थप यस्ता सहयोग विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button