हेडलाईनसमाचारप्रदेश

प्रतिनिधि सभा निर्वाचन २०८२ : मैदान देखि मतदानस्थलसम्म सेनाको कडा पहरा

प्रहार समाचार । काठमाडौँ, ८ फागुन २०८२ शुक्रबार । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्त, निष्पक्ष र भयमुक्त बनाउन नेपाली सेना निर्णायक भूमिकामा उभिने भएको छ । निर्वाचन अवधिभर देशभरका संवेदनशील निकाय, पूर्वाधार र मतदान प्रक्रिया सुरक्षित राख्ने जिम्मेवारी सेनाले सम्हाले भएको छ ।

कारागार, विमानस्थल, आयल निगम, टेलिकमका टावर तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयको सुरक्षामा सेना परिचालित छ । हालसम्म ७० वटा कारागार, ३१ वटा विमानस्थल र १३ अन्य सरकारी कार्यालयमा सेनाको पहरा खटिएको छ, जसले निर्वाचनपूर्वको सुरक्षा तयारीलाई थप बलियो बनाएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ सैनिक फिल्डमा खटाइँदै छन् । हरेक निर्वाचन क्षेत्रमा बेस स्थापना गरेर सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सँग समन्वय गर्दै नियमित गस्ती गर्नेछ । मतदानका दिन वा त्यसअघि कुनै मतदानस्थलमा अवस्था जटिल भई प्रहरीले स्थिति नियन्त्रण लिन नसक्ने अवस्था आएमा तत्कालै सेना परिचालन हुने व्यवस्था मिलाइएको छ । यसले हिंसा, अवाञ्छित गतिविधि र डरत्रासलाई समयमै नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।


सुरक्षासँगै निर्वाचन सामग्रीको सुरक्षित ढुवानी पनि सेनाको अर्को महत्वपूर्ण जिम्मेवारी हो । मतपेटिका, मतपत्रलगायत संवेदनशील सामग्री दुर्गमदेखि शहरी क्षेत्रसम्म सुरक्षित रूपमा पुर्‍याउने काममा सेना खटिएको छ । निर्वाचन प्रक्रियाको हरेक चरण सुरक्षित बनाउने लक्ष्यसहित परिचालित नेपाली सेना ले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । जनताले निर्भय भएर मतदान गर्न पाउने वातावरण निर्माण गर्नु नै सेनाको मुख्य उद्देश्य रहेको सुरक्षा अधिकारीहरू बताउँछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button