हेडलाईनसमाचारप्रदेश

रहेनन् अभिनेता सुनिल थापा

प्रहार समाचार । काठमाडौँ, २४ माघ २०८२ शनिबार । नेपाली चलचित्रमा खलनायक पात्रलाई पनि दर्शकको मन जित्ने हैसियत दिलाएका अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका थापालाई अस्पतालले मृत घोषणा गरेको चलचित्र कलाकार सङ्घले जनाएको छ । अस्पतालका अनुसार उहाँको निधन हृदयघातका कारण भएको हो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार बिहान छायाङ्कनमा जानुपर्ने भएकाले अभिनेता थापाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको थियो । तर सहयोगीले बिहान उठाउन जाँदा उहाँलाई अचेत अवस्थामा फेला पारेपछि तत्काल अस्पताल लगिएको थियो । प्रारम्भिक परीक्षणमै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । थापा शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।


लामो समयदेखि नेपाली र भारतीय चलचित्रमा सक्रिय थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा चर्चित थिए । खलनायक भूमिकालाई उचाइमा पुर्‍याउन सफल थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् शोकमा डुबेको छ । उनका उ श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । परिवारका सदस्यहरू हाल भारतको मुम्बईमा रहेकाले उनीहरू काठमाडौँ आउँदै गरेको जनाइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button