हेडलाईनसमाचारप्रदेश

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु : चालक फरार

प्रहार समाचार । रौतहट , २२ माघ २०८२ बिहीबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) रौतहट–२ का उम्मेदवार सगिर आलमको गाडीले ठक्कर दिँदा आज रौतहटमा एक बालिकाको ज्यान गएको छ। इशनाथ नगरपालिका–४, मठिया टोलमा बिहीबार दिउँसो भएको दुर्घटनामा चार वर्षीया अल्फा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। तस्बिर : जिल्ला प्रहरी कार्यालय रौतहट

प मस्जिद नजिक खेलिरहेकी बालिकालाई बा.१५ च. ४२४४ नम्बरको कारले दिउसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए । ठक्करपछि चालकले घाइते बालिकालाई सिटी अस्पताल गौर पुर्‍याएर फरार भएको उनको भनाइ छ। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइए पनि दिउसो नै उपचारकै क्रममा बालिकाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।


यता उम्मेदवार सगिर आलमले दुर्घटनाका बेला आफू मठिया टोलमै घरदैलो कार्यक्रममा रहेको र कारमा चालक मात्र रहेको दाबी गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले फरार चालकको खोजी जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। चुनावी समयमा भएको यो घटनाले क्षेत्र नं. २ मा तनाव र चासो बढाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button