हेडलाईनसमाचारगण्डकी

एआईजी डा. केसी गण्डकीमा : निर्वाचन सुरक्षाको तयारी कागजबाट मैदानमा

प्रहार समाचार । कास्की, २२ माघ २०८२ बिहीबार । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाको पूर्वतयारीलाई तीव्र बनाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई गण्डकी प्रदेशमा खटाएको छ। केन्द्रको निर्देशनपछि एआईजी केसी गण्डकी पुगेर प्रदेशस्तरदेखि जिल्ला तहसम्मको सुरक्षा अवस्थाको स्थलगत अनुगमनमा जुटेका छन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुखसँग समन्वय गर्दै एआईजी केसीले कास्की, गोरखा, तनहुँलगायत जिल्लाका प्रहरी प्रमुखसँग प्रत्यक्ष छलफल गरेका छन्। छलफलमा मतदान केन्द्रको संवेदनशीलता, विगतका निर्वाचनमा देखिएका समस्या, भौगोलिक चुनौती र आवश्यक जनशक्ति परिचालन मुख्य विषय बनेको छ। गण्डकी प्रदेशका ११ जिल्ला—कास्की, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी पूर्व, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत र लमजुङ—मा प्रत्यक्षतर्फ १८ सिटका लागि निर्वाचन हुँदैछ। पहाडी र हिमाली भूगोलका कारण यहाँको सुरक्षा व्यवस्थापन अन्य प्रदेशको तुलनामा जटिल मानिन्छ ।


एआईजी केसीसँगै प्रदेश प्रहरी कार्यालयका डीआईजी दिपेन्द्र जिसी पनि फिल्ड अनुगमनमा सक्रिय छन्। उनीहरूले कार्यालयमै बसेर तयार गरिएका योजनाभन्दा फरक, वास्तविक अवस्था बुझेर सुरक्षा रणनीति बनाउने उद्देश्यसहित जिल्लास्तरीय कार्यालय र मतदान केन्द्रको अवस्थासमेत अवलोकन गरिरहेका छन्।


प्रहरी स्रोतका अनुसार यसपटक केन्द्रले निर्वाचन सुरक्षालाई ‘रुटिन’मा होइन, जोखिमको आधारमा हेरेको छ। त्यसैले हाइकमाण्डर आफैं फिल्डमा उत्रिएर तयारीको स्तर जाँचिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा गण्डकी प्रदेशमा सुरक्षा संयन्त्र थप सतर्क बनाइएको छ। एआईजी केसीको स्थलगत अनुगमनलाई आगामी निर्वाचनलाई शान्त र निष्पक्ष बनाउन केन्द्रित कदमका रूपमा लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button