प्रहार समाचार । काठमाडौँ, २२ माघ २०८२ बिहीबार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृ शोक परेको छ। उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

परिवार स्रोतका अनुसार भोजप्रसाद भट्टराई लामो समयदेखि वृद्धावस्थासँग सम्बन्धित स्वास्थ्य समस्याबाट पीडित थिए। आज बिहान उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
भोजप्रसाद भट्टराई सरल जीवनशैली, अनुशासित स्वभाव र सामाजिक चेतनाका लागि चिनिन्थे। उनी गाउँसमाजमा सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए। उनका छोरा डा. बाबुराम भट्टराई नेपालको राजनीतिक परिवर्तनका महत्वपूर्ण पात्र मानिन्छन्।
पिताको निधनपछि डा. भट्टराई शोकमा डुबेका छन्। देश–विदेशबाट राजनीतिक व्यक्तित्व, शुभेच्छुक तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरिरहेका छन्।
भोजप्रसाद भट्टराईको अन्त्येष्टि संस्कार परिवारकै उपस्थितिमा गरिने जनाइएको छ। प



























