हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : ६ प्रदेशमा आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौँ, १८ माघ २०८२ आइतबार । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको मौसममा चिसोपन कायमै रहेको छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा बाक्लो कुहिरो लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा आंशिक बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ ।


महाशाखाका अनुसार आइतबार दिउँसो तराईका केही स्थानमा कुहिरो रहिरहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने सम्भावना रहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । कोशी प्रदेशलगायत अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ ।


त्यसैगरी रातिको समयमा पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने उच्च भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै छ । तराई क्षेत्रमा कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button