प्रहार समाचार । तनहुँ, १५ पुस २०८२ मंगलबार । प्रहार अनलाईन मिडियाका सम्पादक तनहुँका अग्रज पत्रकार शंकरराज नहर्की सम्मानित भएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं -६ खहरेमा रहेको मिलिजुली युवा क्लब, बन्दिपुर–६ खहरेटार तनहुँले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा मिलिजुली कप–२०८२” का क्रममा नहर्कीलाई आज सम्मान–पत्र र नगद सहित सम्मान गरिएको हो ।
शुद्ध गाउँ तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगितासहित क्लबले सञ्चालन गरेका विभिन्न गतिविधिहरूलाई प्रहार अनलाइनमार्फत नियमित रूपमा समाचार सम्प्रेषण गरी प्रचार–प्रसारमा सहयोग पुर्याएको भन्दै सम्पादक नहर्कीलाई सम्मान गरिएको क्लबले जनाएको छ।
बन्दीपुर गाउँपालिकाडा उपाध्यक्ष पंचमायौ गुरुङ,क्लबका अध्यक्ष राम बहादुर गुरुङ, सचिव जित बहादुर थापा र कार्यक्रम संयोजक सिद्धान्त गर्जा मगरले आज संयुक्त रूपमा नहर्कीलाई सम्मान गरेका हुन्। प गाउँपालिकाकी उपाध्यक्ष पंचमाया गुरुङले स्थानीय खेलकुद, संस्कृति र युवाको सक्रियतालाई उजागर गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन्।
























