हेडलाईनसमाचारप्रदेश

राप्रपाको शक्ति प्रदर्शन मंसिर २३ मा, शाहीको संयोजकत्वमा तयारी तीव्र

प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८२ बुधबार । जेनजी आन्दोलनपछि देशमा बनेको राजनीतिक तरंगलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर २३ गते राजधानीको रत्नपार्कमा बृहत् शक्ति प्रदर्शन गर्ने तयारी तीव्र गति बनाएको छ। पार्टीले आन्दोलन प्रभावकारी बनाउन विशेष आन्दोलन परिचालन समिति गठन गरेको छ, जसको संयोजनको जिम्मा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई दिएको छ।

शाहीको नेतृत्वमा बनेको समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रविन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्य रहेका छन्। समितिको पहिलो बैठक बुधबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्दा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा, व्यवस्थापन र जनसहभागिता बढाउने उपायबारे स्पष्ट निर्देशन दिएका थिए।

बैठकमा आगामी आन्दोलनलाई शान्तिपूर्ण, व्यवस्थित तथा संख्यात्मक रूपमा प्रभावशाली बनाउने उद्देश्यसहित आवश्यक तयारी, भीड व्यवस्थापन, सूचना प्रसार र संगठनगत सक्रियताबारे विस्तृत छलफल गरिएको राप्रपाले जनाएको छ।

राप्रपाले उक्त आन्दोलनलाई ‘राजनीतिक सहमतिको आवश्यकता र जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थिति’ प्रष्ट्याउने अवसरका रूपमा उपयोग गर्ने संकेत दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button