प्रहार समाचार । काठमाडौँ, १७ मंसिर २०८२ बुधबार । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणअन्तर्गत आज महत्वपूर्ण भिडन्त हुँदैछ, जहाँ विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। खेल साँझ ४ बजेबाट सुरू हुने तालिका रहेको छ।

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्स पाँच खेलबाट आठ अंक जोड्दै प्रतियोगितामा सशक्त स्थितिमा छ। अर्कातर्फ, रोहितकुमार पौडेलले टोली नेतृत्व गरिरहेको लुम्बिनी लायन्सले पाँच खेलमा दुई मात्र जित निकाल्न सकेको छ, जसले टोलीलाई पछिल्लो चरणमा पुग्न दबाब बढाएको छ।
प्लेअफको सम्भावना जोगाउन लुम्बिनीलाई आजको खेल जित्नैपर्ने परिस्थिति बनेको छ। प्रतियोगिताको समीकरणमा दुवै टोलीका लागि आजको भिडन्त महत्त्वपूर्ण मानिएको छ।



























