हेडलाईनसमाचारप्रदेश

काठमाडौँका मेयर बालेन शाह पितृशोकमा

प्रहार समाचार । काठमाडौँ, १५ मंसिर २०८२ सोमबार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पितृ शोकमा परेका छन् । आयुर्वेदिक चिकित्सकसमेत रहेर सेवा पुर्‍याउँदै आएका उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो ।

मेयर शाहका पिता ७७ वर्षीय डा. रामनारायण साहको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो । मधुमेह तथा पिसाबको सङ्क्रमणले जटिलता बढेपछि उनलाई निजामति कर्मचारी अस्पताल मिनभवनको भेन्टिलेटरमा राखेर उपचार प्रयास जारी राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा आज दिउँसो साहको निधन भएको हो । ‘‘हामीले आइतबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौँ, तर मधुमेहसङ्ग संबंधित जटिलता बढ्दै गएपछि उहाँलाई बचाउन सकिएन,’’ रेग्मीले जानकारी दिए ।

निधनपछि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । दिउँसो ३:१५ बजे श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि साँझ विधिपूर्वक दाहसंस्कार गरिएको परिवार स्रोतले बताएको छ ।

आयुर्वेदिक चिकित्सकका रूपमा लामो समय सेवा गरेका डा. साहको निधनले परिवार, चिकित्सक समुदाय र काठमाडौँ महानगरका नागरिकमा गहिरो शोक छाएको छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button