हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

तनहुँको ‘साँजा बतासे डाँडा पार्क’ : व्यासको नयाँ पहिचान—पर्यटन मार्फत समुदायमा ऊर्जा

प्रहार समाचार । तनहुँ, १५ मंसिर २०८२ सोमबार । तनहुँको व्यास–६ स्थित साँजा पिपलपानीबाट देखिने अन्नपूर्ण–माछापुच्छरेको विहंगम दृश्यलाई पर्यटन स्रोतको रूपमा विकास गर्ने लक्ष्यसहित ‘साँजा बतासे डाँडा पार्क’ निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।

प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँको विनियोजनपछि साँजा बतासे डाँडा पार्कलाई व्यवस्थित बनाउने अभियानले गति पाएको छ। पार्कसम्म पुग्ने १ सय ९० मिटर सिँढिबाटोमध्ये हाल १ सय ६० मिटरमा रेलिङ जडान भइसकेको व्यास -६ का वडा अध्यक्ष जिवन गुरुङले जानकारी दिए । स्थानीय तहमै थप योगदानका लागि व्यास नगरपालिकाले पनि गत बोर्ड बैठकमार्फत अधुरो प्रवेशद्वार (गेट) निर्माण गर्न ९० हजार रुपैयाँ पारित गरेको पनि उनले प्रहार समाचारलाई बताए ।

यस स्थानबाट शिसाघाट, सोतिपसल, दुई पिप्ले, भोर्लेटार, जिता, ऐतिहासिक सातधारे हुँदै कास्कीको फैँचोक र पोल्याङसम्मको भू–दृश्य एकै स्थानबाट अवलोकन गर्न सकिन्छ। स्थानीयहरूले विहान देखिने हिमाली सौन्दर्य तथा दिउँसो प्राप्त हुने सितलता साथै गोधुलि साँध साच्चिकै अनुपद देखने बताए । साथै तथा यहाँ बाट देखिने पर परसम्मका सुन्दर बस्तिहरुले जो कोहिको पनि मन खिच्ने उल्लेख गरेका छन् ।

वडाध्यक्ष गुरुङका अनुसार यहाँ पिकनिक स्पट, विश्रामस्थल तथा हावापानीबाट आनन्द लिन सकिने खुला क्षेत्र विकास गर्ने योजना रहेको छ। “गर्मीमा शितलता र जाडोमा मनोरम दृश्य—दुवै पाइने भएकाले पार्कले आन्तरिक तथा बाह्य पर्यटन बढाएर स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा छ,” वडाध्यक्ष गुरुङले बताए।

सामुदायिक सहयोग, सरकारी समन्वय र स्थानीय नेतृत्वको सक्रियताले साँजा बतासे डाँडा पार्क अब व्यासको नयाँ पहिचान बन्न थालेको छ। प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा हातेमालो गर्न सकिने उदाहरणका रूपमा यस परियोजनाले स्थानीयमा नयाँ ऊर्जा र आशा भरेको देखिन्छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button