हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : उच्च पहाड–हिमालमा आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौँ, १३ मंसिर २०८२ शनिवार । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले स्थिर मौसम रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको विवरणअनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रह्नेछ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश भू–भागमा मौसम सामान्य रुपमा सफै रहनेछ।

त्यस्तै, राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका मनसुन प्रभावित क्षेत्र तथा पहाडी–हिमाली भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ। ती प्रदेशबाहेकका भूभागमा राति पनि मौसम मुख्यतया साफ रहने महाशाखाले जनाएको छ।हालको मौसमी अवस्थाले दैनिक गतिविधि, यात्रु तथा हवाई उडानमा सामान्य सहजता रहने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button