प्रहार समाचार । काठमाडौँ, १० मंसिर २०८२ बुधबार । देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले आज अधिकांश क्षेत्रमा स्थिर र सफा मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज सार्वजनिक गरिएको बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

बुलेटिनअनुसार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशहरूमा भने राति पनि मौसम सामान्य रहने महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका अनुसार देशभर मौसम स्थिर अवस्थामा रहेको र ठूलो वर्षा वा बदली प्रणाली सक्रिय हुने संकेत नदेखिएको पनि जनाएको छ। म




















