व्यासहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

तनहुँको दमौलीस्थित ऐतिहासिक पार्कमा सरसफाई : नागरिक समाज र राजनीतिक दलको संयुक्त पहल

प्रहार समाचार । तनहुँ, १० मंसिर २०८२ बुधबार । तनहुँको व्यास नगरपालिका –३, जिल्ला प्रशासन कार्यालय जाने गेटै अगाडी रहेको ऐतिहासिक पार्क क्षेत्रमा आज नागरिक समाज, नगरपालिका सरसफाइ शाखा, राप्रपा प्रतिनिधि, अभियान्ताहरु तथा पत्रकारहरूको संयुक्त टोलीले बृहत् सरसफाइ गरेको छ।

केही समयअघिसम्म व्यक्तिगत नर्सरीका रूपमा प्रयोग हुँदै आएको यो क्षेत्र नर्सरी स्थानान्तरणपछि खाली रहेको र अव्यवस्थित तथा फोहर मैलाले भरिएकाले संयुक्त रूपमा सरसफाई गरिएको हो।

पार्कभित्र रहेको राजा महेन्द्रको शालिक जन आन्दोलनका क्रममा तोडफोड गरि टाउको नै तोडफोड गरेर गायब पारिएको थियो । विगत केहि वर्ष पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँको पहलमा महेन्द्रको शालिक पुन स्थापना गरिएको थियो । शालिक जोगाउनुपर्ने समूहले यसलाई इतिहाससँग सम्बन्धित स्मारकका रूपमा संरक्षित राख्नुपर्ने तर्क गर्दै आएका छन्। स्थानीयहरूका अनुसार पार्कलाई संरक्षण र व्यवस्थित विकास गर्ने हो भने यसलाई सबैका लागि खुला, उपयोगी र आकर्षक सार्वजनिक स्थल बनाउनु पर्नेमा जोड दिएका छन् ।

यसैबीच, राप्रपा तनहुँले व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई स्मरण-पत्र बुझाउँदै पार्कलाई महेन्द्रको शालिक सहित व्यवस्थित, हरियालीयुक्त र स्थानीय पहिचान झल्किने रमणीय उद्यानका रूपमा विकास गर्न आग्रह गरेको छ। सरसफाइमा सहभागी समुदायले “पार्क सबैको हाई–हाई बन्नुपर्छ” भन्ने भावना व्यक्त गर्दै नगरपालिका र नागरिक समाजबीच सहकार्य बढाउनुपर्ने बताएका छन् ।

आजको सरसफाइ अभियानले पार्क संरक्षण र विकासका लागि सकारात्मक वातावरण तयार गरेको छ। सामूहिक प्रयास निरन्तर रह्यो भने दमौलीको यो ऐतिहासिक पार्क स्थानीयको भेटघाट, विश्राम र सामुदायिक गतिविधिका लागि आकर्षक केन्द्र बन्ने अपेक्षा गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button