शिक्षाव्यासहेडलाईनसमाचारगण्डकी

विद्यार्थीलाई भविष्यको बाटो देखाउँदै व्यास नगर समता विद्यालयमा प्रेरणादायी अन्तरक्रिया

प्रहार समाचार । तनहुँ, २९ साउन २०८३ शुक्रबार । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी शिक्षा, व्यक्तित्व विकास र वातावरण संरक्षणसँगै भविष्यका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले व्यास नगर समता विद्यालयमा प्रेरणादायी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

व्यास ७, नरङ्गामा रहेको उक्त विद्यालयमा हिंजो भएको कार्यक्रममा विश्वव्यापी विद्यालय संस्था नेपालका जिल्ला संयोजक सिद्धार्थ योञ्जनको समन्वयमा मिस नेपाल अर्थ २०२४ तथा विश्वव्यापी विद्यालय संस्था नेपालकी सद्भावना दूत डा. सुमना केसी, रोहित दाहाललगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूसँग उनीहरूको शैक्षिक यात्रा, आत्मविश्वास, व्यक्तित्व निर्माण र भविष्यको लक्ष्यका विषयमा प्रत्यक्ष संवाद गरेका थिए। विद्यार्थीका जिज्ञासालाई सम्बोधन गर्दै अतिथिहरूले अवसर पहिचान गर्न, आफ्नो क्षमतामा विश्वास राख्न र शिक्षालाई व्यवहारिक जीवनसँग जोडेर अघि बढ्न प्रेरित गरेका थिए।

वातावरण संरक्षणप्रति विद्यार्थीको भूमिका र जिम्मेवारीबारे समेत छलफल गरिएको थियो।विद्यालयको शैक्षिक विकासलाई थप प्रभावकारी बनाउन आगामी दिनमा आवश्यक सहयोग, सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता अतिथिहरूले व्यक्त गरेका छन्।

विद्यालयका लागि बाह्य सहयोग र सहकार्यले विद्यार्थीको सिकाइ वातावरण, क्षमता विकास तथा अतिरिक्त ज्ञान विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई प्रेरणा र हौसला प्रदान गर्नुका साथै शैक्षिक विकासमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा सम्पूर्ण अतिथिप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै आफ्नो भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button